पोखरा महानगरमा ४५ एनजीओ (गैरसरकारी संस्था)ले बुझाए ३२ करोडको बजेट
काठमाडाैं | असार १३, २०७९
पोखराः पोखरा महानगरपालिकाले यसपटकदेखि नगरभित्र सक्रिय रहेका गैरसरकारी संस्था (एनजीओ)लाई आफ्नो दायरामा ल्याउन पहल गरेको छ ।
महानगरपालिकाअन्तरगत सामाजिक विकास महाशाखाले एक सूचना जारी गर्दै एनजीओहरुलाई आर्थिक वर्ष ०७९÷८० को बजेट तथा कार्यक्रम पेश गर्न आव्हन गरेको थियो । उक्त आव्हानअनुरुप महानगरभित्र क्रियाशील करिब ४५ वटा एनजीओले कार्यक्रम प्रस्तुत गरेका छन् ।
एनजीओहरुले प्रस्तुत गरेको कार्यक्रममा अनुमानित ३२ करोड रुपैयाँको बजेट रहेको महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन् । ‘एनजीओहरुलाई समेट्ने महानगरको पहिलो प्रयास हो’ प्रमुख शर्मा भन्छिन् ‘एनजीओसम्बन्धी पूर्णअधिकार जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित भएपनि नगर क्षेत्रमा कार्यरत संस्थालाई जिम्मेवार र उत्तरदायी बनाउने हाम्रो नीति हो ।’
महानगरपालिकाले सूचना निकालेपनि कार्यक्रम र बजेट पेश गर्ने एनजीओको संख्या निकै कम भएको अनुमान गरिएको छ । ‘महानगरभित्र करिब ४ दर्जनमात्रै एनजीओ छन् र ?’ भन्ने प्रश्नमा शर्मा भन्छिन् ‘पक्कै बढी होलान्, तर एनजीओको र नेपाल सरकारको आर्थिक वर्ष फरक पर्ने हुनाले पनि उल्लेखित समयभित्र बजेट पेश नगरेका हुन सक्छन् ।’
महानगरभित्र क्रियाशील एनजीओहरुको काम, कारवाही प्रभावकारी होस् भन्ने हेतुले यस आर्थिक वर्षदेखि बजेट पेश गर्नुपर्ने कार्यक्रम सुरु गरेको महाशाखाले जनाएको छ । महानगरभित्र आमा समूह, टोल विकास संस्थाहरु पनि एनजीओकै स्वरुपमा दर्ता भएकाले उनीहरुसँग खासै कार्यक्रम र बजेट नहुने कारण संख्यामा कमी आएको महाशाखाको ठहर छ ।
‘यसपटक ४५ वटा संस्थाले मात्रै बजेट र कार्यक्रम पेश गरेपनि आगामी वर्षदेखि सबैलाई महानगरको दायरामा ल्याउने काम सुरु भएको छ भन्दै प्रमुख शर्माले एनजीओलाई सामाजि कार्यमा प्रतिबद्ध हुन र महानगरले समेत आवश््यक सहयोग गर्न सहज हुने उल्लेख गरिन् ।
‘तर एनजीओहरुले पेश गरेको बजेटमा महानगरको कुनैपनि आर्थिक सहयोग रहँदैन’ शर्माले भनिन् ‘यसको स्रोत स्वयं एनजीओहरु हुन्, हामीले वाचडगको भूमिका खेल्छौं ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

